रसुवामा बाढीले नेपाल–चीन मितेरी पुल बगायो

राम्रो अनलाइन     २४ असार २०८२, मङ्गलबार
रसुवामा बाढीले नेपाल–चीन मितेरी पुल बगायो

काठमाडौं–चीनतर्फबाट आएको बाढीले रसुवास्थित नेपाल–चीन जोड्ने मितेरी पुल बगाएको छ । भोटेकोशी नदीमा आएको बाढीले मितेरी पुल बगाएको हो ।

ड्राइपोर्ट क्षेत्रमा पनि बाढीले क्षति पुर्‍याएको छ । त्यहाँ जाँचपासका लागि राखिएका गाडीहरु पनि बगाएको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ ।

बाढीले रसुवागढी जलविद्युत आयोजनाको संरचनामा पनि क्षति पुगेको छ ।

जिल्ला प्रशासन कार्यालयले अचानक बाढी आएकाले तल्लो तटीय क्षेत्रमा सतर्कता अपनाउन भनेको छ ।

प्रतिक्रिया