उरुषा डेन्टल हेल्थीकी विद्यार्थी तथा मोडल हुन् । उनी यस प्ल्याटफर्म मार्फत एक स्पष्ट, भिजनसहितकी शसक्त महिलाको उदाहरण बन्न चाहन्छिन् । उनी मिस नेपालमा आफ्नो आवाज, उद्देश्य र शक्तिलाई उजागर गर्ने उद्देश्यका साथ सहभागी भएकी हुन् । उनी भन्छिन्, ‘म केबल मिस नेपालको क्राउन लगाउन मात्रै यहाँ सहभागी भएको होइन, म यहाँ जिम्मेवारी बहन गर्न, आफ्नो आवाज, उद्देश्य र शक्तिलाई उजागर गर्ने यहाँ आएकी हुँ ।’
उनी एक मेडिकल विद्यार्थीका भएकाले सफलता केबल व्यक्तिगत विकासमा सीमित हुँदैन भन्ने कुरामा विश्वास गर्छिन् । यस मञ्चमार्फत उनी जो उपेक्षित र अवहेलित छन् उनले ती व्यक्तिहरूको सम्भावनाहरू खुलाउन, विकासका अवसरहरू दिन, र उनीहरूलाई आफ्ना सीमाबाट मुक्त गराउन चाहन्छिन् ।


