क्रिस्टिना ‘थिएटर’ र ‘साइकोलोजी’का मार्फत आफ्ना मनको आवाजलाई बुझ्न सकिने कुरामा विश्वास गर्छिन् । अब उनको यात्रा भनेको आफ्नो खोज, विकास र उद्देश्यसहितको हुनेछ । मिस नेपालको प्ल्याटर्फममार्फत उनी आफ्नो सपना पुरा गर्न लागि परिरहेकी छिन् । र आफूलाई सहजताका साथ बाहिर निस्केर काम गर्नको लागि मिस नेपाल प्रतियोगिता सहयोगी भएको उनी बताउँछिन् । उनी भन्छिन्, ‘मैले मिस नेपालमा सहभागी हुने निर्णय आफूलाई चुनौती दिन, आफ्नो सहजताको सीमाभन्दा बाहिर पुगेर विकास गर्न, र मिस वल्र्ड जस्तो ठुलो मञ्चमा आफ्नो आवाज प्रयोग गरेर क्राउन नेपाल ल्याउनका लागि गरेको हुँ ।’ मिस नेपाल मेरो लागि केवल एउटा सौन्दर्य प्रतियोगिता होइन । यो मेरो दृष्टिकोणलाई उजागर गर्ने अवसर हो । यस यात्रामार्फत नेपाललाई विश्वमञ्चमा विजयी बनाउने सपना बोकेको छु । म आशा गर्छु कि यस यात्राबाट म अरूलाई पनि प्रेरित गर्न, आत्मिकता र सच्चा नेतृत्वका साथ अघि बढ्न् सक्ने छु ।’

