इरान युद्धको असरः संसारभर जनजीवन प्रभावित

राम्रो अनलाइन     १२ चैत २०८२, बिहिबार
इरान युद्धको असरः संसारभर जनजीवन प्रभावित

काठमाडौं – संयुक्त राज्य अमेरिका र इजरायलले इरानमाथि आक्रमण गरेपछि मध्यपूर्वमा पछिल्लो लडाइँ सुरु भयो । तर, त्यस युद्धको मार भने संसारका सबै कुनामा रहेका मानिसहरूले सहनु परेको छ । द न्युयोर्क टाइम्सको अनलाइन संस्करणमा प्रकाशित एउटा समाचार टिप्पणीअनुसार बाँच्नेहरूको दिनचर्यामात्र होइन मर्नेहरूको दाहसंस्कारमा समेत युद्धका कारण व्यवधान आएको छ । 

दक्षिण कोरियाको सरकारले नागरिकहरूलाई नुहाउने समय घटाउन र लुगा धुने मेसिन साता दिनमा मात्र प्रयोग गर्न भनेको छ । नेपालमा खाना पकाउने ग्यासको चरम अभावका कारण कुनै पनि दिन काँचै खानुपर्ने अवस्था हुनसक्छ । भारतको पुणेमा अन्त्येष्टिको गर्दा पनि ग्यासबाट दाहसंस्कार गर्न पाइनने छैन । किनभने जीवितहरूका लागि नै ग्यासको रासनिङ (कोटा निर्धारण) गरिँदैछ ।

लाओसमा ४० प्रतिशतभन्दा बढी ग्यास स्टेशनहरू बन्द छन् । थाइल्यान्डका निजामती कर्मचारीहरूलाई सरकारले लिफ्टको सट्टा भर्‍याङ प्रयोग गर्न भनिसकेको छ । श्रीलंकाले त झन् बुधबारलाई पनि सार्वजनिक बिदा घोषणा गरेको छ जसका कारण कारखाना, पसल र विद्यालयहरू बन्द गर्न हुनेछन् ।

इरानसँगको युद्धले निम्त्याएको तेलको मूल्यवृद्धिको चपेटामा नपरेको विश्वको कुनै पनि देश छैन । अमेरिकी ग्यासको मूल्यदेखि युरोपको ताप प्रणालीको बिलसम्म जताततै जीवनयापनको लागत बढिरहेको छ । धेरै देशहरूमा यसको प्रभाव मुद्रास्फीति (महँगी) भन्दा पर गएको छ । पर्सियन खाडीबाट हुने ऊर्जा निर्यातमा अत्यधिक निर्भर रहेको एसियाली क्षेत्रमा, ग्यास र तेलको मौज्दात कहालीलाग्दो गरी घट्दा दैनिक जनजीवन अस्तव्यस्त भइरहेको छ ।

प्रतिक्रिया