जेन जी आन्दोलनमा रास्वपा, राप्रपाका नेता र दुर्गा प्रसाईंका प्रतिनिधि पनि सहभागी

राम्रो अनलाइन     २३ भदौ २०८२, सोमबार
जेन जी आन्दोलनमा रास्वपा, राप्रपाका नेता र दुर्गा प्रसाईंका प्रतिनिधि पनि सहभागी

काठमाडौँ– जेन जी समूहको राजधानीमा भएको आन्दोलनमा विभिन्न दल तथा समूहसँग आबद्ध नेताहरूको समेत उपस्थिति देखिएको छ । राप्रपा केन्द्रीय सदस्य रविकिरण हमाल, दुर्गा प्रसाईं अभियानका विष्णुजंग बस्नेत नयाँ बानेश्वरको भीडमा मिसिएको बताइन्छ । 

त्यसैगरी शाही युवा शक्तिका पशुपति खड्का, रास्वपा नेता पुकार बम र गणेश कार्की समेत प्रदर्शनमा देखिएका छन् । शान्तिपूर्ण भनिएको आन्दोलन अशान्त बनेपछि नयाँ बानेश्वर, सिंहदरबार, शीतल निवास, उपराष्ट्रपति निवास वरपर कर्फ्यु लगाइएको छ । 

आयोजक जेन जी समूहले आजको प्रदर्शनमा घुसपैठ भएको बताउँदै सहभागीहरुलाई कार्यक्रमबाट फिर्ता हुन आह्वान गरेको छ । तर, एउटा समूह नयाँ बानेश्वरमा नाराबाजीमा उत्रेपछि प्रहरीले रबरको गोली चलाउन परेको बताएको छ । उग्र समूहले संसद भवनको २ नम्बर गेटमा आगो लगाइदिएका थिए ।

प्रतिक्रिया