कतारले भन्यो– आक्रमणमा परिरहेको अवस्थामा मध्यस्थता गर्न सकिँदैन

राम्रो अनलाइन     २८ फागुन २०८२, बिहिबार
कतारले भन्यो– आक्रमणमा परिरहेको अवस्थामा मध्यस्थता गर्न सकिँदैन

काठमाडौं – कतारले इरानबाट आक्रमण भइरहेको अवस्थामा आफूले वार्ताका निम्ति मध्यस्थकर्ताका रूपमा काम नगर्ने जनाएको छ ।

कतारका परराष्ट्र राज्यमन्त्री मोहम्मद बिन अब्दुलअजिज अल–खुलैफीले देशको टेलिभिजन नेटवर्क अलजजिरालाई बुधबार दिएको एक अन्तर्वार्तामा यस्तो धारणा व्यक्त गरेका हुन् ।

इरान र पश्चिमा देशबीच पुलको काम गरिरहेका कतार र ओमान दुवैमाथि आक्रमण भएको उनले उल्लेख गरे । ‘आक्रमण भइरहेको अवस्थामा हामीले मध्यस्थकर्ताको भूमिका निर्वाह गर्न सक्दैनौँ र यो कुरा इरानीले बुझ्नुपर्छ,’ उनले भने, ‘छिमेकी देशहरू इरानका शत्रु होइनन्, तर इरानीले यो कुरा बुझिरहेका छैनन् ।’

प्रतिक्रिया