सानिमा बैंकले काठमाडांैको कीर्तिपुरमा शाखा विस्तार गरी कारोबार सुरु गरेको छ ।
कीर्तिपुरको पांगा दोबाटोमा विस्तार गरिएको शाखा उद्घाटन बैंकका ब्रान्ड प्रवद्र्धक वरिष्ठ कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य (मह जोडी) ले गरे ।
उद्घाटन कार्यक्रममा मह जोडीले कीर्तिपुरमा खोलिएको शाखाबाट स्थानीयलाई बैंकिङ कारोबार गर्न सहज हुने विश्वास व्यक्त गरे ।
।
बैंकका नायब प्रमुख कार्यकारी अधिकृत तेजबहादुर चन्दले कीर्तिपुर शाखाबाट अत्याधुनिक बैंकिङ सुविधा उपलब्ध गराइने जानकारी दिए ।
बैंकले हाल ८६ वटा शाखा, १७ विस्तारित काउन्टरर र ९३ वटा एटिएमबाट वित्तीय सेवा दिँदै आएको छ ।