सिद्घार्थ बैंकले आफ्नो १८ औं वार्षिकोत्सव अवसर पारेर सञ्चालन गरेको कर्मचारी संलग्नता प्रतियोगिताको नतिजा सार्वजनिक गरेको छ ।
प्रतियोगितामा देशभरबाट १ सय २४ जना बैंकका कर्मचारीले लेख, एनिमेसन भिडियो, टिकटक भिडियो र चित्रकला गरी कुल ४ वटा विधामा सहभागिता जनाएका थिए । कार्यक्रमको नतिजा आइतबार बैंकको प्रधान कार्यालय हात्तीसारमा सार्वजनिक गरिएको हो ।
प्रतियोगितामा बैंकका अधिकांश कर्मचारीहरु अनलाइनमार्फत सहभागी भएका थिए । विजेतालाई बैंकका प्रमुख कार्यकारी अधिकृत शम्भुनाथ गौतमले पुरस्कार हस्तान्तरण गरे ।
यस्ता प्रतियोगिताले कर्मचारीको हौसला बढाएर उत्साह सिर्जना गर्ने भएकाले आगामी दिनमा पनि निरन्तरता दिँदै जाने गौतमले बताए ।