सिद्धार्थ रङ्गशालालाई नेपालकै तेश्रो अन्र्तराष्ट्रिय रङ्गशालाको रुपमा विकास गरिने

राम्रो अनलाइन     १२ पुस २०८०, बिहिबार

नेपाल क्रिकेट संघका केन्द्रिय अध्यक्ष चतुर बहादुर चन्दले भैरहवामा रहेको सिद्धार्थ रङ्गशालालाई नेपालको तेश्रो अन्र्तराष्ट्रिय क्रिकेट रङ्गशालाको रुपमा अगाडी बढाउने बताए । यसको सुरुवात प्रधानमन्त्री कप संगै भैसकेको उनले बताए । 

मंगलबार सिद्धार्थ रङ्गशालाको निरिक्षण गर्दै उनले केही सामान्य काम बाँकी रहेकोले यो पुरा हुने बित्तिकै अन्र्तराष्ट्रिय एकदिवसीय प्रतियोगिताहरुको आयोजना गर्न सकिने बताए । उनले एक डेढ महिनामै आईसीसीका पदाधिकारीहरु पनि नेपाल आउने र त्यस क्रममा भैरहवा र पोखराका रङ्गशालालाई प्राथमिकतामा राखी उनिहरुलाई भ्रमण गराउने प्रतिवद्धता जनाए । 
 

प्रतिक्रिया