सिटिजन्स बैंक–सुप्रिम क्याफे एन्ड लाउन्ज सम्झौता 

राम्रो अनलाइन     १९ फागुन २०७७, बुधबार
सिटिजन्स बैंक–सुप्रिम क्याफे एन्ड लाउन्ज सम्झौता 

सिटिजन्स बैंक इन्टरनेशनल र सुप्रिम क्याफे एन्ड लाउन्ज बार प्रालिबीच बैंकका ग्राहकलाई विभिन्न सेवाशुल्कमा छुट दिने समझदारी भएको छ ।
सम्झौतापछि बैंकका डेबिट÷क्रेडिट÷प्रिभिलेज कार्डवाहकले सुप्रिम क्याफे एन्ड लाउन्जमा सेवा लिँदा विशेष छुट पाउनेछन् । यस किसिमको सहकार्यबाट ग्राहक लाभान्वित हुने विश्वास बैंकले लिएको छ । 
हाल बैंकले १ सय ९ वटा शाखा, ९८ वटा एटिएम र १०७ वटा शाखारहित बैंकिङ इकाइबाट वित्तीय सुविधा दिँदै आएको छ । 
 

प्रतिक्रिया