एटीएमबिनै सिभिल बैंकको एटीएमबाट रकम निकाल्ने सुविधा  

राम्रो अनलाइन     २० फागुन २०७७, बिहिबार
एटीएमबिनै सिभिल बैंकको एटीएमबाट रकम निकाल्ने सुविधा  

 सिभिल बैंकले एटीएम कार्ड प्रयोगबिनै एटीएमबाट रकम निकाल्न सक्ने प्रविधि भित्र्याएको छ । ग्राहकले सिभिल बैंकको मोबाइल बंैकिङ एप्लिकेसन ‘सिभिल स्मार्ट’ प्रयोग गरेर बैंकको कुनै पनि एटीएममार्फत एटीएम कार्डको प्रयोगबिनै सजिलै रकम निकाल्न सक्नेछन् ।  

यो सेवा प्रयोग गर्न ग्राहकले सिभिल बैंकको मोबाइल बैंकिङ एप्लिकेसन ‘सिभिल स्मार्ट’ मा भएको ‘कार्डलेस क्यास’ अपसनमा गई आफूले इच्छाएको रकम प्रविष्ट गरी आफ्नो मोबाइल बैंकिङ एप्लिकेसनको पिनकोड हाल्नुपर्नेछ । त्यसपछि एकपल्ट मात्र प्रयोग गर्न मात्र मिल्ने ओटिपी पासकोड प्राप्त हुनेछ । 
यो पासकोडसहित अन्य विवरण प्रविष्ट गरेपछि एटीएमबाट पूर्वनिर्धारित निश्चित रकम झिक्न सकिनेछ । ग्राहकले यो सुविधाको उपयोग एटीएम कार्ड हराएको अवस्था वा अरू कसैलाई रकम भुक्तानी गर्नुपरे प्रयोगमा ल्याउन सक्ने बैंकले बताएको छ ।
यो सेवापछि ग्राहकले एटीएम कार्ड बोक्नैपर्ने, एटीएम कार्ड हराउने आदि झन्झटबाट मुक्ति पाउनेछन् । 
एटीएम कार्ड हराउँदा÷बिर्सिंदा वा कसैलाई नगदै भुक्तानी दिनुपर्ने आदि समस्याको समाधान ‘सिभिल बैंक कार्डलेस क्यास’ ले दिने बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङले बताए । 
हाल बैंकले १ सय १४ शाखा, ६ एक्सटेन्सन काउन्टर तथा ८९ एटीएममार्पmत बैंकिङ सुविधा दिँदै आएको छ ।
 

प्रतिक्रिया