सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र एएसजीआई केयर एन्ड हेल्थ सर्भिसेस प्रालि बानेश्वरबीच बैंकका ग्राहकलाई विभिन्न सेवाशुल्कमा विशेष छुट दिने समझदारी भएको छ ।
सम्झौतापछि सिटिजन्स बैंकका डेबिट, क्रेडिट तथा प्रिभिलेज कार्डवाहकले एएसजीाई केयर एन्ड हेल्थ सर्भिसेसमा सेवा लिँदा विशेष छुट पाउनेछन् । यस किसिमको सहकार्यबाट ग्राहक लाभान्वित हुने विश्वास बैंकले लिएको छ ।
हाल बैंकले १ सय ९ शाखा, ९८ वटा एटीएम र १ सय ७ वटा शाखारहित इकाइबाट बैंकिङ सेवा दिँदै आएको छ ।