ज्योति विकास बैंकको बेबीवार्मर सहयोग 

राम्रो अनलाइन     २१ फागुन २०७७, शुक्रबार
ज्योति विकास बैंकको बेबीवार्मर सहयोग 

ज्योति विकास बैंकले सामाजिक उत्तरदायित्वसम्बन्धी ‘हाम्रो विकास प्रवद्र्धन कोष’ बाट म्याग्दीको बेनी अस्पताल र  बाग्लुङको ढोरपाटन नगरपालिकास्थित बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रलाई एक÷एक थान थान बेबीवार्मर प्रदान गरेको छ ।
बेनी अस्पताल र बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा आयोजित कार्यक्रममा राष्ट्रिय आविष्कार केन्द्र र ज्योति विकास बैंकद्वारा संयुक्त रूपमा बेबीवार्मर प्रदान गरिएको हो ।
बेबीवार्मरले नवजात शिशुको शारीरिक तापक्रम उचित बनाइराख्न सहयोग गर्दछ । बेनी अस्पतालमा आयोजित कार्यक्रममा बैंकका बेनी शाखा प्रबन्धक दीपेन्द्र शर्मा र राष्ट्रिय आविष्कार केन्द्रका महिप केसीले  संयुक्त रूपमा बेनी अस्पताल विकास समितिका अध्यक्ष बेलबहादुर कटुवाललाई  बेबीवार्मर औपचारिक हस्तान्तरण गरे । 
बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा आयोजित कार्यक्रममा बैंकका ब्रान्डिङ तथा कर्पाेरेट कम्युनिकेसन विभागका प्रमुख कुशलजंग अधिकारी एवं राष्ट्रिय आविष्कार केन्द्रका सुनील बानियाँले संयुक्त रूपमा अस्पताल सञ्चालक समितिकी सदस्य सीता कँडेल र डा. मिलन मल्ललाई बेबीवार्मर औपचारिक रुपमा हस्तान्तरण गरेका थिए ।

बैंकले यसअघि पनि सोही कोषमार्फत राष्ट्रिय आविष्कार केन्द्रसँगको सहकार्यमा कपिलवस्तु सामुदायिक अस्पताल, मध्यबिन्दु जिल्ला अस्पताल, महाकाली अञ्चल अस्पताल, प्युठान जिल्ला अस्पताललगायत विविध स्वास्थ्य संस्थालाई बेबी वार्मर उपलब्ध गराइसकेको छ ।
हाल बैंकले १ सय ५ शाखा, १ एक्सटेन्सन काउन्टर तथा ६१ वटा एटीएममार्फत बैंकिङ सेवा दिँदै आएको छ ।

प्रतिक्रिया