काठमाडौं– काठमाडौँ महानगरपालिकाले चार हजार व्यक्तिलाई साइबर सुरक्षा सम्बन्धी तालिम दिने भएको छ । माघ २ गतेदेखि महानगरले चार हजारलाई तीन महिनाको तालिम दिने भएको हो ।
रोजगारी र आय वृद्धि, काठमाडौंको समृद्धि’ योजना अन्तर्गत महानगरले १५ हजार व्यक्तिलाई तालिम दिने र पाँच हजार व्यक्तिलाई रोजगारीमा आबद्ध गराउने लक्ष्य राखेको छ । सोही योजनाअन्तर्गत महानगरपालिकाले ४ हजार जनालाई साइबर सेक्युरिटीसम्बन्धी तालिम दिन लागेको हो ।