आमा बन्दैछिन् दीपिका पादुकोण

राम्रो अनलाइन     १७ फागुन २०८०, बिहिबार
आमा बन्दैछिन् दीपिका पादुकोण

दिल्ली– भारतीय अभिनेत्री दीपिका पादुकोण आमा बन्न लागेकी छिन् । अभिनेत्री आफैँले सामाजिक संजालमार्फत उनी गर्भवती भएको घोषणा गरेकी हुन् । 

दीपिकाले इन्स्टाग्राम पोस्टमा मिति उल्लेख गर्दै लेखेकी छन्– सेप्टेम्बर २०२४ । पोस्टमा दीपिकाले पति रणवीरलाई पनि ट्याग गरेकी छिन् । उक्त पोस्टको ग्राफिक्समा शिशुको लुगाफाटो चित्रण छ । अर्थात् दीपिका रणवीरको पहिलो सन्तानको जन्म सेप्टेम्बरमा हुनेछ ।

उनीहरुको यो घोषणामा कृति सेनन,अनिल कपुर, मनिष मल्होत्रा, मेधा शंकर, अंगद बेदी, मियाङ चाङ, कुब्ब्रा सैत, मसाबा गुप्ता लगायतका सेलिब्रेटीहरुले पोस्टरमा कमेन्ट गरेर बधाई दिएका छन् ।

दीपिका र रणवीरले सन् २०१८ मा विवाह गरेका थिए । दुवैको पहिलो भेट फिल्म ‘गोलियों की रासलीला : रामलीला’ को सेटमा भएको थियो । सँगै काम गर्दागर्दै दुवै प्रेममा परे र ५ वर्षको सम्बन्धपछि दुवैले विवाह गरे । यी दुईले ‘पद्मावत’, ‘बाजीराव मस्तानी’ र ‘८३’ मा सँगै काम गरेका छन् । दीपिका र रणवीर सिंह बलिउडको पावर कपल हुन् ।

प्रतिक्रिया