विष्णु पौडेललाई २ सय किलोको मालाले स्वागत

राम्रो अनलाइन     २० फागुन २०८०, आइतबार
विष्णु पौडेललाई २ सय किलोको मालाले स्वागत

जनकपुरधाम–  नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेललाई जनकपुरधाममा २ सय किलोको मालाले स्वागत गरिएको छ। धनुषाको क्षिरेश्वरनाथ नगरपालिकास्थित महेन्द्रनगरमा जारी प्रथम मदन भण्डारी कप राष्ट्रिय महिला हक्की प्रतियोगिता समापनमा सहभागी हुन आएका पौडेललाई जनकपुर विमानस्थलमा पार्टीका कार्यकर्ताहरूले २ सय किलोको माला लगाएर स्वागत गरेका हुन्।

एमाले अध्यक्ष केपी शर्मा ओली आउने भएपछि तयार गरिएको माला उनी नआएपछि उपाध्यक्ष पौडेललाई लगाइएको हो।

प्रतिक्रिया