पशुपतिनाथ मन्दिरमा भीआईपी दर्शन पास बन्द

राम्रो अनलाइन     २५ फागुन २०८०, शुक्रबार
पशुपतिनाथ मन्दिरमा भीआईपी दर्शन पास बन्द

काठमाडौं– महाशिवरात्रिको दिन पशुपतिनाथ मन्दिर दर्शनका लागि विगतमा वितरण गरिने भीआईपी पास यसपटक बन्द गरिएको छ ।

विगतमा भीआईपीहरुका लागि छुट्टै पास वितरण गरी पशुपतिनाथ मन्दिर दर्शनको व्यवस्था मिलाइन्थ्यो । त्यसका लागि तीलगंगातर्फको मार्ग प्रयोग गरिन्थ्यो । तर यसपटक भीआईपी पास बन्द गरिएको र तीलगंगा मार्गलाई भक्तपुर, ललितपुर र पूर्वतर्फबाट आउने भक्तजनहरुको सहजताका लागि प्रयोग गरिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।
 

प्रतिक्रिया