जन्मदिनमा अभिनेत्री एलिजालाई श्रीमान ऋषिको सरप्राइज गिफ्ट

राम्रो अनलाइन     १३ चैत २०७७, शुक्रबार
जन्मदिनमा अभिनेत्री एलिजालाई श्रीमान ऋषिको सरप्राइज गिफ्ट

अभिनेत्री एलिजा गौतमले बुधबार बेलुकी काठमाण्डौको पाँच तारे होटलमा आफ्नो जन्मदिन मनाएकी छिन् । जन्मदिन मनाउँदै  गर्दा मोडल तथा नायिका एलिजा गौतम खुशी देखिइन् । एक त चलचित्र क्षेत्रका नजिकका साथीहरुको उपस्थिती, अर्कोतिर श्रीमान् ऋषि धमलाको सरप्राइज गिफ्ट । एलिजा खुशी नहुने कुरै थिएन ।

उनै, एलिजाको सुन्दरताको प्रशंसा गर्दै ऋषिले भने–‘एलिजाको बारेमा त मैले के भन्नु । आफन्त, साथीभाई, चलचित्र क्षेत्रमा मानिसहरु सबैले उनको सुन्दरताको प्रशंसा गरिरहेका छन् । उनी ‘ब्यूटी क्विन’ हुन् ।’

श्रीमान् ऋषि धमलाको कुराले एलिजा भने लजाइन् । वन पिस पहिरनमा सजिएकी एलिजा आकर्षक देखिएकी थिइन् । चलचित्र क्षेत्रमा आएपछि पहिरनमा समेत ध्यान दिइरहेकी एलिजाले सबैसँग बसेर जन्मदिन मनाउन पाउँदा खुशी व्यक्त गरिन् ।

‘अनुराग’बाट चलचित्र क्षेत्रमा प्रवेश गरेकी एलिजा पछिल्लो केही महिनायता म्यूजिक भिडियोमा व्यस्त छिन् ।

प्रतिक्रिया