चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)का पूर्व उपकुलपति डा. सिपी मास्केको निधन भएको छ । कोरोना संक्रमित उनको शनिबार राति मेडिसिटी अस्पतालमा निधन भएको हो।
अस्पतालका मेडिकल डाइरेक्टर डा. सुनिलकुमार शर्माका अनुसार डा. मास्केको राति १ बजे निधन भएको हो ।
नेपालमा युरो सर्जरी भित्र्याउने पायोनियर समेत रहेका डा. मास्के मिर्गौला र मुटु रोगबाट लामो समयदेखि पीडित रहेका थिए ।
उनका परिवारका धेरै सदस्य चिकित्सा पेसामै रहेका छन् । उनका चिकित्सक श्रीमतीको पनि केही समयअघि निधन भएको थियो ।
डा. मास्केका छोरा र बुहारीसमेत चिकित्सक हुन् ।