काठमाडौं– क्रिकेटर सन्दीप लामिछानेको मुद्धामा आज पनि सुनुवाइ हुने भएको छ ।
मंगलबार पाटन उच्च अदालतमा जारी बहस नसकिएपछि लामिछानेको मुद्धा हेर्दाहेर्दौमा राखिएको थियो । बहस नसिकएपछि हेर्दाहेर्दै आजका लागि पेशी राखिएको हो ।
सन्दीपको मुद्धा न्यायाधीश सुदर्शनदेव भट्ट र अन्जु उप्रेती ढकालको इजलासमा बहस भईरहेको छ । किशोरी बलात्कार मुद्धामा सन्दीपलाई जिल्ला अदालत काठमाडौँले दोषी ठहर गर्दै ८ वर्ष जेल सजाय तोकेको छ । जिल्ला अदालतको उक्त फैसलाविरुद्ध सन्दीप उच्च अदालत पुगेका हुन् ।
बहस अन्तिम चरणमा रहेकाले मुद्धाको फैसला पनि आजै आउनसक्ने सम्भावना रहेको छ ।