कियारा आडवाणीको कान्समा डेब्यु (तस्बिर) 

राम्रो अनलाइन     ०५ जेठ २०८१, शनिबार
कियारा आडवाणीको कान्समा डेब्यु (तस्बिर) 


काठमाडौं–बलिउड अभिनेत्री कियारा आडवाणीले नेपालीमूलका अमेरिकी फेसन डिजाइनर प्रबल गुरुङको डिजाइनमा कान्स डेब्यु गरेकी छन् । गुरुङले डिजाइन गरेको शरद ऋतुको आकर्षक पहिरनमा कियारालाई देख्न सकिन्छ ।

गुरुङको ह्वाइट गाउनमा कियाराले फ्रेन्च रिभेरियामा आफ्नो सौन्दर्य छरेकी हुन् । कियारा र प्रबल दुबैले यसबारे सामाजिक संजालबाट जानकारी दिएका छन् ।

पेरिसको कस्मेटिक ब्रान्ड लोरिएलको व्यवसायिक दूतको रुपमा कियाराले यतिबेला कान्समा भाग लिइरहेकी छन् । रेड सी फिल्म फाउन्डेसनको वुमन इन सिनेमा गाला डिनरमा भारतको प्रतिनिधित्व गरेकी कियाराको सहभागिताले विश्व फिल्ममा भारतको बढ्दो प्रभावको प्रतिनिधित्व गर्छ ।

शुक्रबार उनले इन्स्टाग्राममा सेयर गरेको भिडियोमा कियारा कारबाट झरेर पहिरन प्रस्तुत गर्दै हिँडेको देख्न सकिन्छ । कियाराको फ्यान(फलोइङ नेपाली दर्शकमाझ पनि प्रशस्त छ ।


 

प्रतिक्रिया