अ‍मेरिकाको विजयी सुरुआत

राम्रो अनलाइन     २० जेठ २०८१, आइतबार
अ‍मेरिकाको विजयी सुरुआत

 

डालास – आयोजक अमेरिकाले आइसिसी ट्वान्टी-२० विश्वकपमा विजयी सुरुआत गरेको छ ।

डालासस्थित ग्रान्ड प्रेरी क्रिकेट मैदानमा आइतबार सम्पन्न उद्घाटन खेलमा अमेरिकाले  क्यानाडाविरुद्ध सात विकेटको जित निकाल्यो । क्यानाडाले प्रस्तुत गरेको १९५ रनको लक्ष्य अमेरिकाले १७.४ ओभरमा तीन विकेट गुमाउँदै पूरा गर्यो ।  

अमेरिकाका लागि आरोन जोन्सले ४० बलमा १० छक्का  र चार चौकाको मद्दतले अविजित ९४ रनको योगदान गरे । यसैगरी एन्ड्रिस गौसले ४६ बलमा सात चौका र तीन छक्काको मद्दतले ६५ र कप्तान मोनान्क पटेलले १६ रन बनाए ।

क्यानाडाका लागि सलिम सना, डिलोन हेलिगर र निखिल दत्तले समान एक विकेट लिए । 

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको क्यानाडाले निर्धारित २० ओभरमा पाँच विकेट गुमाउँदै १९४ रनको योगपmल तयार पारेको थियो  । क्यानाडाका लागि नवनीत धलिवालले ४४ बलमा ६ चौका र तीन छक्काको मद्दतले सर्वाधिक ६१ रनको योगदान गरे। यसैगरी किर्टनले ३१ बलमा तीन चौका र दुई छक्काको मद्दतले ५१, श्रेयस मोभाले ३२, आरोन जोनसनले २३, दिलप्रित बाज्वाले ११ रन बनाए ।

अमेरिकाका लागि अली खान, हर्मित सिंह र कोरी एन्डरसनले समान एक विकेट लिए ।

प्रतिक्रिया