मधेश प्रदेशको मुख्यमन्त्रीमा जनमतका सतिश सिंह नियुक्त

राम्रो अनलाइन     २५ जेठ २०८१, शुक्रबार
मधेश प्रदेशको मुख्यमन्त्रीमा जनमतका सतिश सिंह नियुक्त

 

जनकपुरधाम– मधेश प्रदेशका प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले मधेश प्रदेशका मुख्यमन्त्रीमा जनमत पार्टीका सतिश सिंहलाई आज नियुक्त गर्नु भएको छ ।

नेपालको संविधान २०७२ को धारा १६८  को उपधारा २ बमोजिम प्रदेश प्रमुख भण्डारीले नियुक्त गर्नु भएको प्रदेश प्रमुखको कार्यालयका निमित्त सचिव शत्रुधन यादवले जानकारी दिनु भएको छ ।

मधेश प्रदेशमा रहेको नेकपा एमाले, जनमत पार्टी, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी पार्टी, नेपाल संघीय समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टीका ५५ जना प्रदेश सभाका सदस्यहरुले हस्ताक्षर गरेर आज बिहान बुझाएपछि प्रदेश प्रमुख भण्डारीले नियुक्त गर्नु भएको हाे ।

मधेश प्रदेशमा रहेको १०७ जना प्रदेश सभाका सदस्य मध्ये बहुमतका लागि ५४ जनाको समर्थन मुख्यमन्त्रीमा नियुक्तिका लागि आवश्यक रहेकाे छ ।

यसै बीच नवनियुक्त मुख्यमन्त्री सिंहलाई आजै पद तथा गोपनीयताको शपथ ग्रहण कार्यक्रम तय भएको छ । आजै सानो आकारको मन्त्री परिषद् गठन संगै शपथ ग्रहण गराउने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया