सन्दीप लामिछानेले विश्वकप खेल्ने

राम्रो अनलाइन     २८ जेठ २०८१, सोमबार
सन्दीप लामिछानेले विश्वकप खेल्ने

काठमाडाैं–  क्रिकेटर सन्दीप लामिछाने टी-२० विश्वकप खेल्ने भएका छन्।

नेपाल क्रिकेट संघ (क्यान)ले विज्ञप्ति जारी गर्दै वेस्ट इन्डिजमा हुने खेलहरूमा सन्दीप सहभागी गराउने जानकारी दिएकाे छ।

‘जारी आइसिसी पुरुष टी-२० विश्वकप २०२४का लागि नेपाली खेलाडी सन्दीप लामिछाने वेस्ट इन्डिज प्रस्थान भई नेपाली राष्ट्रिय क्रिकेट टोलीमा समावेश हुने जानकारी गराउन चाहन्छौँ’, क्यानद्वारा साेमबार बिहान जारी विज्ञप्तिमा भनिएकाे छ।

पूर्वघोषित टिमबाट युवा बलर प्रतिश जिसीलाई ट्राभलिङ रिजर्भमा राख्ने निर्णय गर्दै सन्दीप लामिछानेलाई विश्वकप खेल्ने आधिकारिक १५ जना टोलीको अन्तिम नामावली आइसिसीसामु पेस गरेकाे भए पनि अमेरिकाले भिसा उपलब्ध नगराउँदा सन्दीपले विश्वकप गुमाए र अब साेही प्रक्रियाबाट सन्दीपलाई वेस्ट इन्डिजमा विश्वकप खेलाउनका लागि आइसिसीसँग समन्वय भएकाे क्यानले जनाएकाे छ।

प्रतिक्रिया