संसद राष्ट्र निर्माण गर्ने महत्त्वपूर्ण केन्द्र हो : सभामुख घिमिरे

राम्रो अनलाइन     १६ असार २०८१, आइतबार
संसद राष्ट्र निर्माण गर्ने महत्त्वपूर्ण केन्द्र हो : सभामुख घिमिरे

 

काठमाडौँ– सभामुख देवराज घिमिरेले संसद कानुन बनाउने थलो मात्रै नभइ राष्ट्र निर्माण गर्ने महत्त्वपूर्ण केन्द्र भएको बताएका हुन्। आइतबार संसद भवनमा ६६ औं संसद दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । 

उनले संसदलाई विधायन निर्माण गर्ने ठाउँको रुपमा मात्रै बुझ्न नहुने बताए । संसदको कूटनीतिले मात्रै जनताका भावना एक ठाउँमा ल्याउन सकिने उनको भनाइ छ । 

सभामुख घिमिरेले संसदीय कूटनीतिले देशलाई ठिक दिशामा लैजान महत्त्वपूर्ण भूमिका खेल्ने बताए । उनले सरकार पनि संसदबाटै निर्देशित हुने भन्दै संसदले लिने अठोट र भूमिकाले नै देशलाई ठिक दिशामा चलाउन सकिने बताए । 

उनले संसदले जनताको हृदयमा संसदीय कूटनीतिलाई स्थापित गर्नेगरी व्यवहारतः काम गर्नसक्छ कि सक्दैन भन्नेकुरा नै अहिलेको मननयोग्य रहेको बताए । उनले अहिले संसदले २०१५ सालको निर्वाचनको परिणामदेखि संसदले खेलेका भूमिकालाई अर्काइभ गर्ने, डिजिटलाइज गर्ने काम गरिसकोको बताए । उनले २००७ सालदेखि बनेका कानुन अहिलेको प्रविधिअन्तर्गत डिजिटलाइज गर्ने र सुरक्षित गर्ने काममा संसद लागिपरेको बताए ।

उनले भने, ‘सांसद एउटा विधायन निर्माण गर्ने ठाउँ मात्रै, कानुन बनाउने थलो मात्रै होइन राष्ट्र निर्माण गर्ने महत्त्वपूर्ण केन्द्र हो । राष्ट्र निर्माण गर्नको लागि, यसैबाट सरकार निर्देशित हुन्छ र सरकार यसको आधारमा चल्नुपर्छ ।’ 

सभामुख घिमिरेले अहिले संसदलाई प्रभावकारी बनाउने, नेपालको कूटनीतिलाई ठिक ढंगबाट निक्र्यौल गर्ने, विश्वव्यापी रुपमा कूटनीतिक व्यवहार प्रयोग गरी नेपाललाई अघि बढाउने कुरामा केन्द्रित भएको बताए । 

प्रतिक्रिया