‘कल्की’ ले चार दिनमा कमायो विश्वव्यापी ५५० करोड, हिन्दीमा मात्रै ११० करोड

राम्रो अनलाइन     १७ असार २०८१, सोमबार
‘कल्की’ ले चार दिनमा कमायो विश्वव्यापी ५५० करोड, हिन्दीमा मात्रै ११० करोड

 

काठमाडौं– दक्षिण भारतीय स्टार प्रभासको फिल्म ‘कल्की २८९८ एडी’ ले बक्स अफिसमा धमाका मच्चाइरहेको छ । रिलिजको पहिलो दिन नै सिनेमा हलहरुमा दर्शकको जबर्जस्त भीड जुटाउन सफल फिल्मले हिन्दी क्षेत्रमा पनि प्रभासको स्टारडम साबित गरिदिएको छ ।

पहिलो सप्ताहन्तमै फिल्मले बक्स अफिसमा विश्वव्यापी ५५० करोड भारु भन्दा बढी कमाइ गरिसकेको छ । फिल्मले हिन्दी भर्सनमा मात्रै पनि जोडदार कमाइ गरेको छ । यसले प्रभासको स्टारडम दक्षिणमा मात्रै होइन, उत्तरी भारतमा पनि उत्तिकै रहेको प्रमाणित गरेको छ ।

बिहीबार रिलिज भएको ‘कल्की २८९८ एडी’ ले यस वर्षकै सबैभन्दा बढी हिन्दी ओपनिङ फिल्म ‘फाइटर’ लाई चुनौती दिएको थियो । ऋतिक रोशनको यो फिल्मले २४ करोड नेट कलेक्सन गरेको थियो । प्रभासको फिल्मले २२।५ करोड भारु कमाउँदै सन् २०२४ को धेरै ओपनिङ गर्ने दोस्रो हिन्दी फिल्म बनेको छ ।

दोस्रो दिन ‘कल्की’ को नेट इन्डिया कलेक्सन कम भयो, तर हिन्दी भर्सन भने बढेर २३ करोड पुग्यो । अझ उल्लेखनीय त के छ भने टी–२० विश्वकप क्रिकेटको फाइनलका दिन समेत फिल्मले २६ करोड कलेक्सन गर्न सफल भयो । रिलिजको चौथो दिन आइतबार फिल्मको हिन्दी भर्सनको कमाइ बढेर ३९ करोड पुग्यो । ‘कल्की’ को हिन्दी भर्सनले चार दिनकै १०० करोडको आँकडा पार गरेको छ । यसले चार दिनमा ११० करोड कमाइ गर्‍यो ।

नाग अश्विन निर्देशित यो साइन्स(फिक्सन फिल्ममा प्रभासका साथै अमिताभ बच्चन, दीपिका पादुकोण र कमल हसनको मुख्य भूमिका छ ।

प्रतिक्रिया