पूर्वमन्त्री सुवालको निधन 

राम्रो अनलाइन     ०६ वैशाख २०७८, सोमबार
पूर्वमन्त्री सुवालको निधन 

काठमाडौँ । समाजसेवी एवं पूर्वस्वास्थ्य मन्त्री प्रयागराज सिं सुवालको आइतबार बेलुकी उहाँकै निवास झोछेँमा निधन भएको छ । उनी ९३ वर्षका थिए ।  
प्रजातन्त्रका लागि लडेका पुराना नेताहरुमध्येका एक उनी लामो समय नेपाली काँग्रेसमा रही राजनीतिमा सक्रिय थिए ।  

पञ्चायत कालमा स्नातकहरूमध्येबाट सांसद चुनिएका उनी कुनै बेला काठमाडौँ नगरको मेयर पनि थिए । उनले परोपकार संस्थाको अध्यक्षको भूमिका पनि निर्वाह गरेका थिए । उनका श्रीमती, दुई छोरा र एक छोरी छन् । 

दिवङ्गत सुवालको आज टेकू दोभानमा अत्येष्टि गरिने परिवारजनले जानकारी दिएको छ । 
 

प्रतिक्रिया