लुम्बिनीविरुद्ध काठमाडौँ १०३ रनमा अल आउट

राम्रो अनलाइन     २६ मंसिर २०८१, बुधबार
लुम्बिनीविरुद्ध काठमाडौँ १०३ रनमा अल आउट

 

काठमाडाैं – सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल)मा आज भएको दाेस्रो खेलमा लुम्बिनी लायन्सविरुद्ध बलिङमा उत्रिएको काठमान्डु गोर्खाज १०३ रनमा अल आउट भएको छ। 

१९.२ ओभरमा १०३ रन बनाएर अलआउट भयो। काठमान्डुका लागि भीम सार्कीले सर्वाधिक ४० बलमा ३१ रन बनाए। 

स्टीफन  एस्किनाजीले १६ बलमा १३ रन, डेन डउथवेट २४ बलमा २१ रन बनाउँदा प्रतिक श्रेष्ठले १४ बलमा २० रन बनाए। 

अन्य बलरले दाेहाेरो अंक जोड्न सकेनन्। 

प्रतिक्रिया