लुम्बिनीविरुद्ध कर्णालीको रोमाञ्चक जित

राम्रो अनलाइन     २८ मंसिर २०८१, शुक्रबार
लुम्बिनीविरुद्ध कर्णालीको रोमाञ्चक जित

 

काठमाडौं–  लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिगमा कर्णाली याक्सले लुम्बिनी लायन्सविरुद्ध पाँच रनको रोमाञ्चक जित दर्ता गरेको छ ।

जितसँगै ६ खेलमा आठ अंक जोडेको कर्णालीले प्लेअफको सम्भावनालाई जिवितै राखेको छ । पराजित लुम्बिनीले सात खेलमा मात्र दुई अंक जोड्यो ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा शुक्रबार कर्णालीले प्रस्तुत गरेको १२९ रनको लक्ष्य पछ्याएको लुम्बिनीले २० ओभर नै ब्याटिङ गरे पनि सात विकेट गुमाउँदै १२३ रन मात्रै बनाउन सक्यो । ]

लुम्बिनीका लागि टम मुर्सले ३६, सन्दीप जोराले २६, आशुतोष घिरैया र साद बिन जफरले समान १६, अर्जुन साउदले १३ र कप्तान रोहितकुमार पौडेलले १० रन बनाए ।

प्रतिक्रिया