कोरोना नियन्त्रणका लागि अमेरिकाले एक अर्ब ३० लाख अनुदान दिने 

राम्रो अनलाइन     १८ वैशाख २०७८, शनिबार
कोरोना नियन्त्रणका लागि अमेरिकाले एक अर्ब ३० लाख अनुदान दिने 

काठमाडौँ, १८ वैशाख :  अमेरिकाले नेपाललाई रु एक अर्ब ३० लाख अतिरिक्त सहायता प्रदान गर्ने भएको छ । 

नेपालका लागि अमेरिकी राजदूत ¥यान्डी बेरीले कोभिड–१९ विरुद्धको नेपालको लडाइँमा सघाउन आफ्नो देशले अतिरिक्त सहायतास्वरुप उक्त रकम प्रदान गर्ने बताए । 

आज अपराह्न ट्विट गर्दै उनले अमेरिकाको पुरानो मित्र नेपाललाई महामारीविरुद्धको लडाइँमा भरथेग गर्न अन्तरराष्ट्रिय विकासका लागि अमेरिकी सहयोग नियोग (युएसएआइडी) मार्फत उक्त रकम उपलब्ध गराइने बताएका छन् । “कोभिड–१९ विरुद्ध ठूलो सङ्घर्ष गरेको आफ्नो मुलुक नेपालप्रति ऐक्यबद्धता प्रकट गर्दछ, निर्दयी कोरोनालाई परास्त गर्न नेपाल सफल हुनेछ”, उनले  ट्विटमा लेखेका छन् । 
 

प्रतिक्रिया