फिल्म ‘जदौ’ को प्रमुख अभिनेत्रीमा साम्राज्ञी

राम्रो अनलाइन     २० जेठ २०८२, मङ्गलबार
फिल्म ‘जदौ’ को प्रमुख अभिनेत्रीमा साम्राज्ञी

काठमाडौँ–नयाँ वर्ष ०८२ को अवसरमा टाइटल डिजाइनसहित घोषणा गरिएको सामाजिक प्रेम कथानक फिल्म ‘जदौ’ को प्रमुख अभिनेत्रीमा साम्राज्ञी राज्य लक्ष्मी शाह अनुबन्धित भएकी छिन् ।  

सिल्भर स्क्रिन इन्टरटेन्मेन्ट र सम्मिश्रण मुभिज एण्ड इन्टरटेन्मेन्ट प्रालिले संयुक्त रूपमा निर्माण गर्ने फिल्मको परिकल्पना र लेखन काजी लिम्बूको रहेको छ । फिल्मको निर्देशकको बारेमा भने निर्माण टिमले खुलाएको छैन । 

भदौबाट सुटिङ सुरु गरिने जदौ श्याम तामाङले खिच्ने छन् । बुद्धि माझी निर्माण व्यवस्थापन रहेको फिल्मका गीतमा बाबुल गिरीको सङ्गीत छ ।

फिल्मको सह निर्मातामा ओम चेम्जोङ्ग, राजाराम सुवेदी र शान्ता तामाङ छन् । अन्य कलकार तथा प्राविधिक बारे चाडै नै पूर्ण जानकारी दिइने सम्मिश्रण मुभिजका निर्देशक अन्जन शर्माले बताएका छन् । फिल्म ०८२ सालभित्रै दर्शक माझ ल्याउने योजना निर्माण टिमको छ ।

प्रतिक्रिया