मधेसका मुख्यमन्त्री सिंहले दिए राजीनामा

राम्रो अनलाइन     २८ असोज २०८२, मङ्गलबार
मधेसका मुख्यमन्त्री सिंहले दिए राजीनामा

काठमाडौँ– मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले राजीनामा दिएका छन् ।  मंगलबार प्रदेश सभा बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री सिंहले राजीनामा दिएको घोषणा गरेका हुन् ।

मुख्यमन्त्री सिंहले प्रदेश सभामा विश्वासको मत लिने प्रयोजनका लागि मङ्गलबार प्रदेश सभा बैठक आह्वान गरिएको थियो ।

मुख्यमन्त्री सिंहले राजीनामा दिएपछि विश्वासको मतसम्बन्धी कार्यसूची हटाइएको सभामुख रामचन्द्र मण्डलले बैठकमा जानकारी दिएका थिए ।

प्रतिक्रिया