दानबहादुर कार्कीले लगाए आईजीपीको फुली

राम्रो अनलाइन     २७ कात्तिक २०८२, बिहिबार
दानबहादुर कार्कीले लगाए आईजीपीको फुली

काठमाडौं–  नेपाल प्रहरीका नवनियुक्त आईजीपी दानबहादुर कार्कीले दर्ज्यानी चिन्ह लगाएका छन्।

बिहीबार गृह मन्त्रालयमा आयोजित समारोहमा गृहसचिव रामेश्वर दंगालले कार्कीलाई आईजीपीको फुली लगाइदिएका हुन्। आईजीपी कार्की केहीबेरमै प्रहरी प्रधान कार्यालय पुगेर पदभार ग्रहण गर्दैछन्।

सोमबारको मन्त्रिपरिषद् बैठकले कार्कीलाई नेपाल प्रहरीको ३३औं महानिरीक्षक नियुक्त गर्ने निर्णय गरेको थियो। ३२औं महानिरीक्षक चन्द्रकुवेर खापुङ ३०वर्षे सेवा अवधि पूरा गरी बुधबार मध्यरातबाट अनिवार्य अवकाशमा गएका छन्।

नवनियुक्त महानिरीक्षक कार्कीले करिब २९ महिना प्रहरीको कमाण्ड सम्हाल्ने छन्। उनी २०८४ चैत १८ गते ३० वर्षे सेवा अवधि पूरा गरि अनिवार्य अवकाशमा जानेछन्।

प्रतिक्रिया