रामेछाप बस दुर्घटना अपडेट : नौजनाको मृत्यु, आठ घाइते

राम्रो अनलाइन     २७ माघ २०८२, मङ्गलबार
रामेछाप बस दुर्घटना अपडेट : नौजनाको मृत्यु, आठ घाइते

रामेछाप– रामेछाप सदरमुकाम मन्थलीनजिक मंगलबार (माघ २७) बिहान बस दुर्घटना हुँदा नौजनाको मृत्यु भएको छ । दुर्घटनामा बसका चालकसहित आठजना घाइते भएका रामेछापका डीएसपी भोला भट्टले जानकारी दिए ।

काठमाडौंबाट ओखलढुंगातर्फ जाँदै गरेको अरनिको यातायातको प्रदेश ०१–०१–००५ ख ९९७५ नम्बरको बस मन्थली नगरपालिका–६, मसानटारस्थित सडकबाट करिब ५० मिटर तल तामाकोसी नदीमा खसेको हो ।

डीएसपी भट्टका अनुसार, नदीमा डुबेको बसबाट यात्रुको उद्धार गरी उपचारका निम्ति विभिन्न अस्पतालमा लगिएको छ । 

प्रतिक्रिया