यसरी हुँदैछ प्रधानमन्त्रीमा बालेनको शपथ

राम्रो अनलाइन     १३ चैत २०८२, शुक्रबार
यसरी हुँदैछ प्रधानमन्त्रीमा बालेनको शपथ

काठमाडौँ– राष्ट्रपति भवन, शीतल निवासमा नवनियुक्त  प्रधानमन्त्रीको पद तथा गोपनीयताको शपथका लागि तयारी भइसकेको छ ।
 
बालेन शाहको प्रधानमन्त्रीको शपथ केहीबेरमा सुरू हुँदैछ। शितल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई शपथ खुवाउनेछन्। शाह शितल निवास पुगिसकेका छन्।

राष्ट्रपति भवन शीतलनिवासमा मध्याह्न १२ः३४ बजे प्रधानमन्त्री बालेनको शपथ ग्रहण कार्यक्रम तय भएको छ।  राष्ट्रिय स्वतन्त्र पार्टीले हिजो संसदीय दलको नेतामा बालेन शाहलाई चयन गर्ने निर्णय गरेको थियो।

प्रतिक्रिया