काठमाडौं–काठमाडौंको दरबारमार्गस्थित कासा लाउन्ज बारले नेपालीहरूको महान् पर्व दसैँको अवसरमा आउँदो २५ गते आइतबार, घटस्थापनाको दिन विशेष सांगीतिक तथा फेसन कार्यक्रम ‘दसैँ आयो–Festive Runway 2083’ आयोजना गर्ने भएको छ।
कासा लाउन्जले नियमित रूपमा आयोजना गर्दै आएको सांगीतिक तथा मनोरञ्जनात्मक कार्यक्रमलाई निरन्तरता दिँदै यसपटक दसैँको अवसरमा विशेष कार्यक्रम आयोजना गर्न लागेको हो। कार्यक्रममा चर्चित कलाकार धीरज राई र पूजा लामाको लाइभ सांगीतिक प्रस्तुति रहनेछ भने आकर्षक लाइभ रनवे शो समेत प्रस्तुत गरिने आयोजकले जनाएको छ।
दसैँको सांस्कृतिक उत्सवसँगै संगीत, फेसन र मनोरञ्जनलाई एउटै मञ्चमा प्रस्तुत गर्ने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको कासा लाउन्जका सञ्चालक राम प्यारा श्रेष्ठले बताए।
श्रेष्ठले भने, “कासा लाउन्जमा हामीले नियमित रूपमा विभिन्न सांगीतिक तथा मनोरञ्जनात्मक कार्यक्रम गर्दै आएका छौँ। यसपटक दसैँको अवसरलाई अझ विशेष बनाउन ‘दसैँ आयो–Festive Runway 2083’ आयोजना गर्न लागेका हौँ। नेपाली संस्कृति, संगीत र फेसनलाई एउटै मञ्चमा जोड्दै दर्शक तथा अतिथिहरूलाई विशेष दसैँको अनुभव दिलाउने हाम्रो प्रयास हो।”
उनका अनुसार कासा लाउन्जमा हुने यस्ता कार्यक्रमले नेपाली कला, संगीत तथा फेसन क्षेत्रलाई एउटै प्लेटफर्ममा जोड्नुका साथै दसैँको अवसरमा मनोरञ्जनसँगै सांस्कृतिक माहोल सिर्जना गर्ने उद्देश्य राखेको छ।
उक्त कार्यक्रम नेपाल कै पहिलो Modelling Institute " दि र्याम्प " फेशन एण्ड मोडलीड् एजेन्सीको सहकार्य तथा साथ रहने आयोजकले जनाएको छ। संचारकर्मी एव फेशन कोरियोग्राफर जयन सुब्बा मानन्धरको कन्सेप एव कोरियोग्राफीमा एक दर्जन भन्दा बढी मोडलहरुले डिजाइनरद्वय प्रज्ु मुखिया , संगीना मुनिकार ले तयार पारेका आकर्षक पहिरनहरमा रेम्पमा प्रस्तुत हुनेछन ।
"दशै आयो " Festive Runway 2083 कार्यक्रममा फेसन र सांगीतिक प्रस्तुतिलाई विशेष प्राथमिकता दिइने बताइएको छ।
कासा लाउन्जले “कासा : जहाँ बस्छ मन !” भन्ने नारासहित संगीत, फेसन, कला तथा नेपाली संस्कृतिलाई एउटै प्लेटफर्ममा जोड्दै विभिन्न कार्यक्रमहरू आयोजना गर्दै आएको छ।