अरनिको राजमार्ग अन्तर्गत काभ्रेको बनेपामा शंकास्पद वस्तु फेला परेको छ । सो शंकास्पद वस्तु बम भएको भन्दै बिहान ५ बजेदेखि राजमार्ग अवरुद्ध छ ।
जिल्ला प्रहरी कार्यालय काभ्रेका एसपी भूपेन्द्र खत्रीका अनुसार बाटोमा हेमोक्स जस्तो देखिएको उक्त वस्तु डिस्पोज गर्न नेपाली सेनाको टोली घटना स्थल पुगिसकेका छन्।
राजमार्गमा बम रहेको हल्ला सँगै काभ्रे हुँदै पूर्व जाने यात्रुहरु बनेपामै रोकिएका छन्।
आज विपलव नेतृत्वको नेकपाले आफ्ना नेता पक्राउ परेको विरोधमा नेपाल बन्दको घोषणा गरेको छ । सो वस्तु सोही समूहले राखेको हुन सक्ने प्रहरीले जनाएको छ ।