२९ कलाकर्मीले पाए विभूषण र मानपदवी 

राम्रो अनलाइन     ०२ वैशाख २०७९, शुक्रबार
२९ कलाकर्मीले पाए विभूषण र मानपदवी 

 

काठमाडौँ - नयाँ वर्षका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले विशिष्ट व्यक्ति, राष्ट्रसेवक र सामाजिक क्षेत्रका व्यक्तिहरूलाई विभिन्न विभूषण तथा मानपदवीले सुशोभित गरेकी छन्।

नेपाल सरकारको सिफारिसमा राष्ट्रपति भण्डारीले केही कलाकारलाई पनि विभूषण तथा मानपदवीबाट सम्मानित गरेकी हुन्। यसरी सम्मानित हुनेमा गीत–संगीत  र फिल्मी क्षेत्रका विभिन्न कलाकार छन्।

गीतकार कालीप्रसाद रिजाल र अभिनेत्री गौरी मल्लले सुप्रबल जनसेवाश्री पाएका छन्। कीर्तिमय राष्ट्रदीपबाट संगीतकार शम्भुजित बाँस्कोटालाई सुशोभन गरिएको छ। अन्य २५ कलाकारले प्रबल जनसेवाश्री पाएका छन्। 
कसले के पाएर ?
सुप्रबल जनसेवाश्री स् कालीप्रसाद रिजाल (गीतकार) र गौरी मल्ल (अभिनेत्री)
कीर्तिमय राष्ट्रदीप स् शम्भुजित बाँस्कोटा (संगीतकार)

प्रबल जनसेवाश्रीबाट विभूषित हुनेहरू 
रमेश बुढाथोकी, कलाकार
दीपाश्री निरौला, कलाकार
हेमन्त बुढाथोकी, कलाकार
चन्द्रप्रसाद शर्मा, दोहोरी गायक
कुलेन्द्र विश्वकर्मा, दोहोरी गायक
देविका प्रधान, गायिका
विष्णु माझी, लोकगायिका
नवल खड्का, कलाकार
प्रकाश घिमिरे, कलाकार
कस्तुप पन्त, संगीतकार
केकी अधिकारी, अभिनेत्री
अनमोल केसी, अभिनेता
प्रकाश सपूत, गायक
हेमन्त शर्मा, गायक
केकी अधिकारी, कलाकार
मिलन चाम्स, निर्देशक
अन्ना स्टिर, अमेरिकी नेपाली दोहोरी गायिका
शिवशंकर रिजाल जोगिन्दर, कलाकार
तेरिया मगर, नृत्यांगना
राजकुमार राई, फिल्म निर्माता
रञ्जु झा, मैथिली भाषाका कलाकार
राधिका हमाल, कलाकार
कमल गाउँले, हास्यकलाकार
नवीनकुमार पौड्याल, गायक
सुजल बम, फरक क्षमता भएका कलाकार
महेश प्रकाश हाडा, नृत्यकार
 

प्रतिक्रिया