विभिन्न भुक्तानीप्रदायक कम्पनीसँग राष्ट्रिय वाणिज्य बैंकको सम्झौता

राम्रो अनलाइन     ११ माघ २०७७, आइतबार

काठमाडौं :  राष्ट्रिय वाणिज्य बैंकले नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) तथा आईएमईपे, खल्ती, प्रभुपे र नेपाल पेटाइमलगायतका विभिन्न भुक्तानी सेवाप्रदायकसँग छुट्टाछुट्टै तीन पक्षीय सम्झौता गरेको छ । 
सम्झौतापछि वालेटका ग्राहकले सोझै आफ्नो वालेटबाट राष्ट्रिय वाणिज्य बैंकले संकलन गर्दै आएको सम्बन्धित राजस्व खातामा एनसीएचएलको नेसनल पेमेन्ट इन्टरफेस (एनपीआई) प्रयोग गरी भुक्तानी गर्न सक्नेछन् ।

सम्झौतापत्रमा राष्ट्रिय वाणिज्य बैंकका उपकार्यकारी अधिकृत देवेशप्रसाद लोहनी, एनसीएचएलका प्रमुख सञ्चालन अधिकृत मुन्नी राजभण्डारीे, खल्तीका तर्फबाट प्रोडक्ट डेभलपमेन्ट प्रबन्धक अनमोल रटेरिया, आईएमई डिजिटल सोल्युसनका तर्फबाट व्यवसाय विकास प्रमुख अमोद भट्टराई, प्रभु पेका तर्फबाट अध्यक्ष कुसुम लामा र नेपाल पेटाइमका तर्फबाट प्रमुख सञ्चालन अधिकृत मल्लिका भट्टराईले हस्ताक्षर गरे ।

राष्ट्रिय वाणिज्य बैंक, एनसीएचएल र विभिन्न पीएसपीहरूबीचको सहकार्यले सरकारी राजस्व भुक्तानीका लागि अन्तरआबद्घता स्थापित गरेको छ ।  यसले सरकारको डिजिटलाइजेसनको पहललाई थप टेवा पु¥याउँदै राजस्व संकलन विद्युतीय माध्यमबाट गर्न सहज हुने विश्वास गरिएको छ ।

प्रतिक्रिया