नख्खु बजार क्षेत्रमा ग्लोबल आइएमई बैंकको क्यूआर कोड सुविधा

राम्रो अनलाइन     ११ माघ २०७७, आइतबार
नख्खु बजार क्षेत्रमा ग्लोबल आइएमई बैंकको क्यूआर कोड सुविधा

काठमाडौं : ग्लोबल आइएमई बंैकले नगदरहित कारोबार प्रवद्र्धन गर्ने उद्देश्यले ललितपुरको नख्खु बजार क्षेत्रमा क्यूआर कोडमार्फत नगदरहित भुक्तानी सेवा सुरु गरेको छ । 
राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले शुक्रबार नख्खु क्षेत्रमा रहेका विभिन्न खुद्रा पसलमा क्यूआर कोडमार्फत नगद रहित भुक्तानी प्रवद्र्धन सेवा उद्घाटन गरे  । 
नगदरहित कारोबार प्रवद्र्धन तथा वित्तीय साक्षरता विस्तार गर्ने उद्देश्यले बैंकले क्यूआर कोडमार्फत हुने विद्युतीय कारोबार सुरु गरेको हो । 
बैंकले ग्राहकलाई विभिन्न किसिमका नगद रहित भुक्तानी सेवा उपयोग गर्न प्रोत्साहनका कार्यक्रम गर्नेछ । साथै, बैंकले क्यूआर मर्चेन्टहरुलाई विद्युतीय भुक्तानीसम्बन्धी चेतनामूलक अनलाइन तालिम सुरुआत गरेको छ । 
हाल बैंकले २ सय ६४ शाखा, ४७ वटा एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर, २ सय ४०  एटिएम, २४४ शाखारहित बैंकिङमार्फत सेवा दिँदै आएको छ ।
 

प्रतिक्रिया