ललितपुर महानगरपालिकामा खोपको दोस्रो मात्रा यही २७ र २८ गते लगाइँदै

राम्रो अनलाइन     २४ असार २०७८, बिहिबार
ललितपुर महानगरपालिकामा खोपको दोस्रो मात्रा यही २७ र २८ गते लगाइँदै

ललितपुर, २४ असार : ललितपुर महागरपालिकामा भेरोसेल खोपको दोस्रो मात्रा यही २७ र २८ गते लगाइने भएको छ । महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेश अर्यालद्वारा आज जारी  सूचनामा महानगरस्तरीय खोप समन्वय समितिको बैठकले सो  निर्णय गरेको हो ।  पहिलो मात्रा सो  लगाएका ६० देखि ६४ वर्ष उमेर समूहका नागरिकलाई  खोप लगाइने  सूचनामा जनाइएको छ ।

सूचनामा महानगरपालिकाका २९ वडामै खोप केन्द्र राखिने र पहिलो मात्राको खोप लगाएको कार्ड अनिवार्य साथमा लिएर आउनसमेत आग्रह गरिएको छ । 
यसैगरी ललितपुरमा रहेका दुई नगरपालिका महालक्ष्मी र गोदावरीमा भने आगामी शुक्रबार सो खोप लगाइने भएको सम्बन्धित नगरपालिकाले जारी गरेको सूचनामा उल्लेख छ । यसैगरी दक्षिण ललितपुरमा रहेका तीन गाउँपालिकामध्ये कोञ्ज्योसोम र महाङ्कालमा आगामी शुक्रबार एक दिन खोप लगाउनका साथै वाग्मतीमा भने २५ र २६ दुई दिन सो खोप लगाइदिने भएको सम्बन्धित गाउँपालिकाले जनाएका छन्  ।
 

प्रतिक्रिया