कालिकोट जिल्लाको तिलागुफा नगरपालिका वडा नं २ रातडाबमा आगलागी हुँदा चार घर जलेर नष्ट भएका छन् । शुक्रबार बेलुका रातडाबमा आगलागी हुँदा चार घर जलेर नष्ट भएका हुन् ।
न्यौपनेका अनुसार आगलागी दिनमा भएकाले मानवीय क्षति भने भएन । स्थानिय र प्रहरीले आगो नियन्त्रणमा लिएका थिए । जिल्ला प्रहरी कार्यलयका सूचना अधिकारी प्रहरी निरीक्षक भूपेन्द्र शाहीले राताडाबमा भएको आगलागीबाट चार घर जलेको र ती घरमा बस्ने ६ परिवार आफन्तको घरमा सरण लिएर बसेका छन् ।
आगलागीको कारण अहिलेसम्म खुल्न सकेको छैन । ‘आगलागी हुनुको कारण खुलेको छैन । दिउँसो आगलागी भएकाले मानवीय क्षति चाहिँ भएन’, प्रहरी निरीक्षक अधिकारीले भने, ‘घरमा रहेको अन्न, जिन्सी सामानहरू र चार वटा बाख्रा जलेका छन् ।’
दुई महिना अघि मात्र तिलागुफा नगरपालिका वडा नं ४ को दलित बस्तीमा सुधारिएको चुलोको धुवाँ जाने पाईपबाट आगोको झिल्को जाँदा खरले छाएको घरमा आगलागी भएको थियो । जहाँ १२ घर जलेका थिए ।