काठमाडौँ— तेक्वान्दोका अन्तर्राष्ट्रिय जज अशोक खड्काले विश्व वरीयतामा रहेको जी–१ अन्तर्गत किमुयोङ कप अन्तर्राष्ट्रिय प्रतियोगितामा जजको भूमिका निभाएका छन् । दक्षिण कोरियाको मुजु सहरमा अगस्ट २ देखि ६ सम्म सम्पन्न प्रतियोगितामा अशोकले पुम्से र ग्यारोगी विधाको ३३ खेलमा जजको भूमिका निभाएका हुन् ।
दक्षिण कोरिया खेलकुद मन्त्रालयको संयोजन र विश्व तेक्वान्दोको आयोजनामा भएको प्रतियोगिता तेक्वान्दोका संस्थापक अध्यक्ष डा. किमुन यमको स्मृतिमा सञ्चालन भएको हो । अशोक तेक्वान्दोको ग्यारोगी, पुम्से र पारा तीनओटै विधाका नेपालका एकमात्र अन्तर्राष्ट्रिय जज हुन् ।