तेक्वान्दोका अन्तर्राष्ट्रिय निर्णायक अशोकले इस्ट एसियन युथ गेम्स २०२३ मा खेल सञ्चालन गर्ने  

राम्रो अनलाइन     ३१ साउन २०८०, बुधबार
तेक्वान्दोका अन्तर्राष्ट्रिय निर्णायक अशोकले इस्ट एसियन युथ गेम्स २०२३ मा खेल सञ्चालन गर्ने  

 

काठमाडौं– नेपालका तेक्वान्दोका अन्तर्राष्ट्रिय निर्णायक अशोक खड्काले मङ्गोलियामा हुने इस्ट एसियन युथ गेम्स २०२३ मा खेल सञ्चालन गर्ने भएका छन्। ओलम्पिक कोउन्सिल अफ एसिया र मङ्गोलियाको खेलकुद मन्त्रालयको संयुक्त आयोजनामा हुने सो खेलकुद मेलामा तेक्वान्दोतर्फ निर्णायकका लागि दक्षिण एसियाबाटै एक मात्र रेफ्रीको रुपमा अशोकको चयन भएको हो।

अशोक हाल दक्षिण कोरियामा छन। दुई हप्ताअघि विश्व र्‍याङकिङ जि २ प्रतियोगिता किम योङ कप तेक्वान्दो च्याम्पियनसिप निर्णायकको भूमिका निर्वाह गर्न अशोक दक्षिण कोरियाको मुजु गएका थिए। अशोक दक्षिण कोरियाबाट नै मङ्गोलियाको उलानबाटर प्रस्थान गर्नेछन् । प्रतियोगिता अगष्ट १६ देखि २२  तारिखसम्म हुनेछ।

प्रतिक्रिया