नेपालमा भारतले उत्पादन गरेको कोरोना खोपलाई आपतकालीन प्रयोगको अनुमति

रासस     ०२ माघ २०७७, शुक्रबार
नेपालमा भारतले उत्पादन गरेको कोरोना खोपलाई आपतकालीन प्रयोगको अनुमति

सरकारले कोरोना भाइरसविरुद्धको खोप प्रयोगको अनुमति दिएको छ । भारले उत्पादन गरेको 'कोभिसिल्ड' लाई नेपालमा आपतकालीन प्रयोगका लागि अनुमति दिइएको हो ।

औषधि व्यवस्था विभागले यस्तो अनुमति दिएको हो । विभागको शुक्रकार बसेको बैठकले आपत्कालीन प्रयोगका लागि भारतीय कम्पनीले तयार पारेको खोप खरिद गर्ने निर्णय गरेको विभागका प्रवक्ता सन्तोष केसीले जानकारी दिए । उनका अनुसार सरकारले पहिलो पटक कोरोना भाइरसविरुद्धको खोप प्रयोगको अनुमति दिएको हो ।    
    
भारतीय औषधी उत्पादक कम्पनी सिरम इन्ष्टिच्यूट कम्पनीले एस्ट्राजेनेकासँगको सहकार्यमा बेलायतको अक्सफोर्ड विश्वबिद्यालयद्वारा विकसित खोप उत्पादन गरिरहेको छ । यस खोपलाई ७० देखि ९० प्रतिशत प्रभावकारी मानिएको छ ।

उक्त खोप भोलिबाट भारतीय नागरिकलाई लगाउने तयारी भएको जनाइएको छ ।

प्रतिक्रिया