काठमाडौँ–नेपाल राष्ट्रिय मार्शल आर्ट गेम्स महासंघको कोषाध्यक्ष, नेपाल मुआथाई एसोसिएसन र नेपाल आइटीएफ तेक्वान्दो संघको केन्द्रीय सदस्य तथा खेलाडी तुलसी थापा मगरलाई गिरिजा प्रसाद कोइराला फाउण्डेशनको युवा तथा खेलकुद विभागको संयोजकमा मनोनित गरिएको छ ।
फाउण्डेशनले युवा तथा खेलकुदको क्षेत्रमा लामो समयदेखि विभिन्न कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ । फाउण्डेशनकी अध्यक्ष सुजाता कोइरालाले खेलकुद तथा युवाको समग्र विकासमा क्रियाशील थापा मगरलाई विभागको संयोजकको जिम्मेवारी दिइएको जानकारी दिइन् । ‘संयोजक थापा मगरले विभागका कार्यक्रमलाई अझै परिस्कृत र व्यापक बनाउन कार्य गर्नुहुने विश्वास लिएकी छु, अध्यक्ष कोइरालाले भनिन्, फाउण्डेशनबाट आगामी दिनमा देशव्यापी रूपमा खेलकुदका विभिन्न कार्यक्रम आयोजना गरिने छ ।’
संयोजक थापाले नेपालको लोकतान्त्रिक आन्दोलनका शिखर पुरुष स्व.गिरिजा प्रसाद कोइरालाको योगदानलाई नयाँ पुस्तामाझ खेलकुदका माध्यमबाट पुर्याउन विशेष कार्यक्रम सञ्चालन गरिने बताइन् ।