मकवानपुर । मकवानपुरको पश्चिमी भेगमा पर्ने राक्सिराङ गाउँपालिका–१ बेलटारस्थित बेसीघाटमा गएराति बोलेरो जिप दुर्घटना हुँदा स्थानीय १७ वर्षीय दिनेश स्याङ्तानको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक जयश्वर रिमालका अनुसार बेसीघाटबाट हेटौँडातर्फ आउँदै गरेको ना १५ च ३९२० नम्बरको जिप आफै अनियन्त्रित भई सडकबाट करिब १५० मिटर तल खस्दा स्याङ्तानको घटनास्थलमै मृत्यु भएको हो ।
दुर्घटनामा जिप चालकसहित अन्य ५ जना घाइते भएका छन् । घाइते हुनेहरूमा चालक सोही ठाउँ बस्ने २५ वर्षीय दिपेन्द्र ल्हो, जिपमा सवार १८ वर्षीया मञ्जु ल्हो, १६ वर्षीय अमृत दोङ, २३ वर्षीया आकृती मोक्तान र मनहरि गाउँपालिका वडा नम्बर–७ बस्ने १७ वर्षीय दोर्जे गोङ्वा रहेको प्रहरीले जनाएको छ ।
घाइतेको हेटौँडा चुरेहिल अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।