बोल्न नदिएपछि संसद् बैठक बहिष्कार गरेर हिँडे हर्क साम्पाङ

राम्रो अनलाइन     ३० वैशाख २०८३, बुधबार
बोल्न नदिएपछि संसद् बैठक बहिष्कार गरेर हिँडे हर्क साम्पाङ

काठमाडौं–  संसद्को नीति तथा कार्यक्रममाथिको छलफल प्रारम्भ गरियोस् भन्ने प्रस्ताव पेस गर्न प्रधानमन्त्री वालेन्द्र शाह अनुपस्थित भएको विषयले सदनमा लफडा भएको छ । 

विपक्षी दलका सांसदहरूले सदनमा उठेर प्रधानमन्त्री उपस्थित हुनुपर्ने माग गरिरहेका छन् । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले बोल्न खोजे पनि सभामुखले समय दिएनन् । 

सभामुखले बोल्न समय नदिएपछि उनी बैठक बहिष्कार गरेर निस्किए । उनले अरु सांसदलाई पनि निस्कन आग्रह गरे ।

प्रतिक्रिया