बराबरीमा रोकिए मनोहरा र रानीवन

राम्रो अनलाइन     १८ जेठ २०८१, शुक्रबार
बराबरीमा रोकिए मनोहरा र रानीवन

 

काठमाडौं– अन्तिम समयमा गोल ब्यहोर्न पुग्दा मनोहरा युनाइटेड युवा क्लब सहिद स्मारक ‘सी’ डिभिजन लिगमा शुक्रबार रानीवन स्पोर्टस क्लबसँग १-१ को बराबरीमा रोकिएको छ ।

सातदोबाटोस्थित एन्फा मुख्यालय मैदानमा मनोहराका लागि सञ्जय श्रेष्ठ र रानीवनका लागि सन्दीपबहादुर सिंहले गोल गरे ।

यो नितजासँगै ११ खेलमा १५ अंक जोडेको मनोहरा छैटौं स्थानमा उक्लिएको छ । रानीवन समान खेलबाट आठ अंकका साथ १२औं स्थानमा छ ।

खेलको ३२औं मिनेटमा सञ्जयको गोलमार्फत मनोहराले अग्रता लियो । उनले उत्तम शाहीको पासलाई पोस्टको दिशा दिए ।

इन्जुरी समयमा सन्दीपले पेनाल्टीमार्फत गोल गर्दै खेललाई बराबरीमा ल्याए । मनोहराका रक्षक सबिन घिमिरेले युवराज राईलाई लडाएपछि रानीवनले पेनाल्टीको अवसर पाएको थियो । जसमा सन्दीप चुकेनन् ।

प्रतिक्रिया