डिजाइनरहरूको प्रतिस्पर्धात्मक र्याम्प सो ‘ड्रेस टु इम्प्रेसन’को सिजन–३ चैत दोस्रो साता हुने भएको छ। इन्टरनेसनल इन्स्टिच्युट अफ फेसन टेक्नोलोजी ‘आईआईएफटी’ ९स्कुल अफ फेसन०ले आयोजना गर्ने ‘ड्रेस टु इम्प्रेस’मा डिजाइनरहरू आफैंले तयार गरेका पहिरन लगाएर र्याम्पमा प्रस्तुत हुनेछन्। प्रतिस्पर्धात्मक उक्त सोमा सहभागी हुने डिजाइनरहरू आईआईएफटीकै विद्यार्थी हुन्। बागबजार प्लाजा र मानभवनमा रहेको आईआईएफटीले हालै मात्र यस वर्षको ‘बेस्ट फेसन डिजाइनिङ इन्स्टिच्युट’ अवार्ड जितेको थियो।
आईआईएफटीका निर्देशक तेन्जिङ शेर्पाका अनुसार आईआईएफटीको फेसन डिजाइनिङका विद्यार्थीलाई एक्सपोज गराउने उद्देश्यले ‘ड्रेस टु इम्प्रेस’ सुरु गरिएको हो। जहाँ आईआईएफटीबाट ६ महिने डिजाइनिङ कोर्स पूरा गरी मोडलिङसम्बन्धी कक्षा लिएका डिजाइनरले प्रतिस्पर्धा गर्नेछन्। आईआईएफटीका अनुसार यस पटक एक सय १५ जना डिजाइनरले भाग लिँदै छन्।
पुल्चोकस्थित याक प्यालेसमा आयोजना हुने ‘डेस टु इम्प्रेस’का लागि मोडल तथा कोरियोग्राफर विपना थापाले प्रतिस्पर्धीलाई प्रशिक्षण दिनेछिन्। उनले प्रतिस्पर्धी डिजाइनरलाई र्याम्पमा उत्रिनुअघिको तयारीका लागि प्रशिक्षण दिनेछिन्। ‘ड्रेस टु इम्प्रेस’को एमसी रोजिन शाक्यले गर्दै छन्।
व्यवसायी क्षेत्रका व्यक्तित्व र सेलिब्रिटीमाझ आयोजना हुने ‘ड्रेस टु इम्प्रेस’को प्री–जजिङ राउन्ड ७ चैतमा हुने आईआईएफटीका निर्देशक शेर्पाले जानकारी दिए। यस डिजाइनिङ प्रतिस्पर्धाबाट विजेता एक जनाले अवार्ड तथा नगद पुरस्कार पाउनेछन्। यसअघि रानी श्रेष्ठ र महेश्वरीनाथ योगीले ‘ड्रेस टु इम्प्रेस’मा अवार्ड जितेका थिए।